२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी तीन देशमा अक्षय कुमारको ‘बेलबटम’लाई प्रतिबन्ध



अ+ अ-

एजेन्सी । बलिउड स्टार अक्षय कुमारको फिल्म ‘बेलबटम’ सिनेमा घरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् ।

साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको उल्लेख गरेको छ ।

यस्तै फिल्मले इतिहासलाई बंग्याएको आरोप समेत उनीहरुले लगाएका छन् । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यसबेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ ।

यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । 

फिल्ममा अक्षयका अलावा लारा दत्ता, वाणी कपूर, हुमा कुरैशीको पनि अभिनय रहेको छ ।