२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक समृद्धिका लागि चाडपर्वको महत्वः मुख्यमन्त्री पोखरेल



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताउनुभएको छ । पवित्र पर्व जनैपूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले धर्म, संस्कृति र परम्परा जस्ता अमूल्य निधिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ ।   

सन्देशमा भनिएको छ, “विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना हो । एकै दिन पर्ने पर्वलाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।” धर्मसँग जोडिएर कुनै पनि चाड विशेषरूपले मनाउने गरिए पनि ती पर्वसँग वैज्ञानिक तर्क पनि जोडिएको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ । 

जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नाका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ । यो दिनमा नौ थरी गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाएर पर्व मनाउनसमेत अनुरोध गर्नुभएको छ ।