२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी
अ अ+ अ-

बैतडी । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । 

बेपत्ता जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।  महाकाली नदी दार्चुला–बैतडी–डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ । बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली क्षेत्रमा पनि भेटिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सुरक्षाकर्मी परिचालन गरिएको हो । निमित्त प्रजिअ भारतीले भन्नुभयो, “महाकाली नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेका छौँ ।”

यसअघि घटनाको छानबिन गर्न सरकारले गठन गरेको समितिले गत साउन २६ गते बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसँग छलफलसमेत गरेको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित उक्त समितिले बेपत्ता जयसिंहको खोजतलासमा तीव्रता दिने विषयमा छलफल गरेको हो ।  

साथै उक्त समिति सोही दिन बैतडीको महाकाली नदी किनारमा रहेको झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो । बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकालीनदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले नियमितरूपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ  ।

बेपत्ता भएको २२ दिनसम्म पनि जयसिंहको अवस्था  अज्ञात छ ।  घरपरिवारले भने जयसिंहको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन् ।  भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ ।

सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको गठन गरेको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट जोशी रहेका छन् । 

साउन १९ गते दार्चुला पुगेको उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवै तर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नाका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो । टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।