२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

माओवादी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठ हट्ने !

माओवादी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठ हट्ने !
file
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्तामा बस्न नचाहेको बताएका छन् । इतबार बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले आफ्नो पदलाई निरन्तरता दिन नचाहेको बताएका हुन्। 

एक स्थायी कमिटी सदस्यका अनुसार प्रवक्ता श्रेष्ठले बैठकमा आफु कुनै हालतमा पनि प्रवक्तामा बस्न नचाहेको बताएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को बैठकबाट निर्णय गर्ने बताएका छन् । 

“उहाँ (नारायणकाजी श्रेष्ठ) ले कुनै हालतमा प्रवक्ता बस्दिनँ भन्नुभयो,” एक स्थायी कमिटी सदस्यले भने, “अध्यक्षज्यू (पुष्पकमल दाहाल प्रचण्ड) ले अर्को बैठकबाट निर्णय गरौं भन्नुभयो।”

“उहाँले कुनै हालतमा प्रवक्ता बस्दिनँ भन्नुभयो,” एक स्थायी कमिटी सदस्यले भने, “अध्यक्षज्यूले अर्को बैठकबाट निर्णय गरौं भन्नुभयो।”

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ता समेत रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि माओवादी प्रवक्ताको भूमिकामा छन्।

उनी नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन्।