२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको बैठकमा माधव नेपाल !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा माधव नेपालको बहस चलेको छ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालको बारेमा बैठकमा सभामुखलाई दबाब दिएर नेपाललाई २० प्रतिशत पुर्याउन नदिने खेल भएको चर्चा भएको हो । 

एक स्थायी कमिटी सदस्यका अनुसार नेकपा एमालेले सभामुखलाई धम्क्याएको भन्दै विरोध गर्ने कुरा भएको छ ।  

“माधवलाई २० प्रतिशत पुर्याउन नदिने काम गरिरहेको छ । सभामुखलाई आफ्ना सांसदलाई पदमुक्त गर्न भन्दै धम्काउने काम गरिरहेको छ । त्यसको विरोध गर्ने कुरा भएको छ,” ती सदस्यले भने ।

नेकपा एमालेले नेता नेपालसहित १४ जनालाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र बुझाएको छ । एमालेका सांसदहरूले छिट्टैै निर्णय गर्न सभामुखलाई दबाब दिइरहेका छन् । 

त्यस्तै माओवादीले नेता नेपालको पार्टी दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने जनाएको छ ।