२७ भाद्र २०८३, शनिबार
,
Latest
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट राजकलशको अभिषेक ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन महाराजगञ्जमा काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गर्नुभयो । 

श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारहरूद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्दछन् । त्यसपछि अरुन्धती सहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा रहेको छ । देवतर्पण‚ ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवंगत पितृगणहरूमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ ।

यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहेको छ । राष्ट्राध्यक्षबाट दक्षिणास्वरूप एघार चाँदीका मोहर दिने गरिन्छ । मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलश राजदरबारमा पुर्याउने परम्परा केही वर्ष टुटेको भएतापनि गत केही वर्षयता राष्ट्राध्यक्षको रूपमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अभिषेक ग्रहण गर्दै आउनु भएको छ ।