२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

काठमाडौंमा मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना, प्रशासनले पुनः गरायो सचेत

काठमाडौंमा मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना, प्रशासनले पुनः गरायो सचेत
अ अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरुलाई पुनः सचेत गराएको छ ।   

आईतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरुलाई सचेत गराएको हो । त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनु भयो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ । सहायक प्रमुृख जिल्ला अधिकारी पौडेलले भन्नु भयो, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी नबस्न व्यापारीहरुलाई निर्देशन दिएका छौं । र आफ्नो पसलमा आउने ग्राहकहरुलाई समेत सेनिटाईजर र अनिवार्य रुपमा मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न दिनुहोला भनेर निर्देशन दियौं । यसै सन्दर्भमा हामीले मास्क नलगाएका ६८ जना व्यक्तिहरुलाई एक सयका दरले जरिवाना ग¥यौ र मास्क नलगाई हिँडीरहेका सर्वसाधारणलाई सम्झाई बुझाई मास्क लगाउन अनुरोध गरी ७५ जनालाई निःशुल्क मास्कको पनि व्यवस्था गरेका छौं ।’

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए÷नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले सबै सार्वजनिक सवारी साधनमा पनि यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न निर्देशन दिएको र त्यसको पालना भए÷नभएको अनुगमनको कामलाई पनि तीव्रता दिइएको जानकारी दिनु भयो ।