२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको, प्रमुख बालेन्द्र शाह (बालेन) का प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिनुभयो ।

अर्यालले सिङगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिङ्गापुरको नेशनल इन्स्टिच्युट अफ एडुकेशनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

अर्याल सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले टिच फर नेपालको ५ बर्ष अध्यक्षका रुपमा काम गरिसक्नु भएको छ । अहिले उहाँ नेतृत्व परिषदको सदस्य हुनुहुन्छ । सन् २०१७ को सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उहाँ फुल ब्राइटको कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

उहाँ हवेली आउटडोर लर्निङ् सेन्टरको संस्थापक निर्देशक हुनुहुन्छ । यसले नेपाली शिक्षामा वातावरण संरक्षणसँगको प्राथमिकता स्थापित गर्छ । बालबालिकालाई प्रकृतिसँग घुलमिल गराएर व्यवहारिक सिकाई प्रवर्धन गर्नु यसको उद्देश्य हो । सार्वजनिक र सामुदायिक बिद्यालयको बिकास र सबलीकरणका लागि अर्यालबाट योगदान पुग्ने अपेक्षा गरिएको छ ।