६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच



अ+ अ-

काठमाडौं । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्भ नम्बर ४ मा पुगेपछि त्यस क्षेत्रका सबै स्तम्भमा नेपालका सुरक्षा निकायको पहुँच पुगेको हो ।

यसअघि केही स्तम्भमा सुरक्षाकर्मी पुगेको र केहीमा पुग्न नसकेका कारण सीमा स्तम्भको अवस्थाबारे स्पष्ट जानकारी लिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा बीओपी स्थापना भएयता सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको बताउनुभयो । यस क्षेत्रमा सीमा स्तम्भ स्थापनापछि सीमा स्तम्भ नम्बर ३, ४, ११ र १२ मा केही महिना अघिसम्म कुनै सरकारी निकाय पुगेका थिएनन् ।

एक वर्षको अवधिमा सरकारी पक्ष सबै स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । अब सुरक्षा निकाय हुम्ला जिल्लाअन्तर्गत पर्ने सबै सीमा स्तम्भबारे जानकार रहेको र नियमित अनुगमन गर्न पनि सहज भएको उहाँले बताउनुभयो । सबै सीमा स्तम्भमा सुरक्षाकर्मी पुग्न सफल हुँदा वर्षौंदेखि सीमा स्तम्भ कता छन् भन्ने कुराको अन्योल पनि हटेको छ ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार हुम्लाअन्तर्गत पर्ने चारवटा सीमा स्तम्भ पाँच हजार मिटरभन्दा अग्ला स्थानमा रहेका छन् । यी स्थानमा पुग्न सुरक्षाकर्मीलाई निकै कष्ट गर्नु परेको बताउँदै उहाँले अबदेखि अग्ला स्थानका सीमा स्तम्भमा वर्षको एक पटक अनिवार्य रूपमा बीओपीको टिम अनुगमनमा पुग्ने र अन्य होचा स्थानका ११ वटामा भने नियमित जाने बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।