३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच



अ+ अ-

काठमाडौं । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्भ नम्बर ४ मा पुगेपछि त्यस क्षेत्रका सबै स्तम्भमा नेपालका सुरक्षा निकायको पहुँच पुगेको हो ।

यसअघि केही स्तम्भमा सुरक्षाकर्मी पुगेको र केहीमा पुग्न नसकेका कारण सीमा स्तम्भको अवस्थाबारे स्पष्ट जानकारी लिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा बीओपी स्थापना भएयता सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको बताउनुभयो । यस क्षेत्रमा सीमा स्तम्भ स्थापनापछि सीमा स्तम्भ नम्बर ३, ४, ११ र १२ मा केही महिना अघिसम्म कुनै सरकारी निकाय पुगेका थिएनन् ।

एक वर्षको अवधिमा सरकारी पक्ष सबै स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । अब सुरक्षा निकाय हुम्ला जिल्लाअन्तर्गत पर्ने सबै सीमा स्तम्भबारे जानकार रहेको र नियमित अनुगमन गर्न पनि सहज भएको उहाँले बताउनुभयो । सबै सीमा स्तम्भमा सुरक्षाकर्मी पुग्न सफल हुँदा वर्षौंदेखि सीमा स्तम्भ कता छन् भन्ने कुराको अन्योल पनि हटेको छ ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार हुम्लाअन्तर्गत पर्ने चारवटा सीमा स्तम्भ पाँच हजार मिटरभन्दा अग्ला स्थानमा रहेका छन् । यी स्थानमा पुग्न सुरक्षाकर्मीलाई निकै कष्ट गर्नु परेको बताउँदै उहाँले अबदेखि अग्ला स्थानका सीमा स्तम्भमा वर्षको एक पटक अनिवार्य रूपमा बीओपीको टिम अनुगमनमा पुग्ने र अन्य होचा स्थानका ११ वटामा भने नियमित जाने बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।