२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा अफगानिस्तान एक विकेटले पराजित



अ+ अ-

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार साँझ शारजाहमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई रोमाञ्चक रुपमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

हारको नजिक पुगेको पाकिस्तानलाई जित दिलाउन अन्तिम विकेटको रुपमा मैदानमा प्रवेश गरेका नसीम शाहले लगातार २ बलमा २ छक्का प्रहार गरेर टिमलाई विजयी बनाए ।

अफगानिस्तानले प्रस्तुत गरेको १३० रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले खेलको अन्त्यतिर अधिकांश विकेट गुमाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले २०, इफ्तीखार अहमदले ३०, शादाब खानले ३६ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले शुरुवात राम्रो गरे पनि पाकिस्तानी बलरले खेललाई नियन्त्रणमा ल्याएका थिए । अफगानिस्तानका इब्राहिम जाड्रानले सर्वाधिक ३५ रन बनाए ।

यो जितसँगै पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा यसअघि नै श्रीलंका प्रवेश गरिसकेको छ ।

पाकिस्तानको आजको जितसँगै भारत र अफगानिस्तान एसिया कपबाट बिदा भएका छन् । यद्यपी भारत र अफगानिस्तानबीच सान्त्वना खेल शुक्रबार हुनेछ ।