• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने

महिला फुटबल: बङ्गलादेश विजयी



काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन् ।

खेलको ३२ औँ मिनेटमा बङ्गलादेशकी कप्तान खातुनले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको ३४ औँ मिनेटमा मसुराले थप एक गोल गर्दा बङ्गलादेशले २–० को अग्रता बनायो । त्यसपछि खेलको ४० औँ मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–० को सहज जित दिलाइन् ।

यस जितसँगै समूह ए मा रहेको बङ्गलादेशले शीर्ष तीन अङ्क जोडेको छ । त्यसैगरी यसै समूहको आजै भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

 प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।रासस