४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल: बङ्गलादेश विजयी



अ+ अ-

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन् ।

खेलको ३२ औँ मिनेटमा बङ्गलादेशकी कप्तान खातुनले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको ३४ औँ मिनेटमा मसुराले थप एक गोल गर्दा बङ्गलादेशले २–० को अग्रता बनायो । त्यसपछि खेलको ४० औँ मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–० को सहज जित दिलाइन् ।

यस जितसँगै समूह ए मा रहेको बङ्गलादेशले शीर्ष तीन अङ्क जोडेको छ । त्यसैगरी यसै समूहको आजै भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

 प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।रासस