६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्रासहित भारतीय नगरिक पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

अवैध रुपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको हाते झोलाबाट विभिन्न देशका मुद्रा फेला परेपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, रु ३१ हजार छ सय पाँच इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको छ । 

मङ्गलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।