२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, ओली, दाहाल, नेपाल बैदेशिक रोजगारीमा जाँदैः बिमानस्थलमा पत्रकार सम्मेलन !



अ+ अ-

काठमाडौ ।  आज गाईजात्रा पर्व, समाजमा भएका विकृति विसंगति बारे व्यंग्य गर्ने दिन तर अचेत ३६४ दिन नै कुनै न कुनै प्रकारका रुपमा गाईजात्रा चलिरहेको छ । जसका कारण  विसंगति बारे  व्यंग्य गर्न गाईजात्रा नै कुर्नुपर्ने अवस्था रहेन ।

 यसै सन्दर्भमा हास्य कलाकार जितु नेपालले एक सामग्री  तयारी पार्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । नेपाल लेख्नुहुन्छ –

प्रमुख राजनीतिक दल र नेताहरुको आज राति १२ बजे को सर्वदलीय भेलाले यस्तो भयानक निर्णय गरेछ । गोप्य सूचना र स्रोतका अनुसार राति १२ बजेको प्रमुख नेताहरुको ऐतिहासिक निर्णय यस्तो रहेछ। ध्यान दिएर पढेर प्रतिक्रिया दिनुहोला।

राजनीतिबाट हामी जनता मात्रै हैन, प्रमुख दलका प्रमुख नेताहरु पनि वाक्क भएर राजनीतिक पार्टी, विचार, सिद्धान्त छोडेर आजैबाट प्रमुख दलका प्रमुख नेताहरु बैदेशिक रोजगारीमा जाँदै हुनुहुँदो रहेछ। उहाँहरु जान लाग्नु भएको देश र कामहरु यस्ता रहेछन् ।

१) शेर बहादुर देउवा– कतारमा स्टोर किपर     

२) केपी शर्मा ओली –पानी जहाज र फेरीको  रेष्टुरेन्टमा सेल्स 

 ३) पुष्पकमल दाहाल (प्रचण्ड) – मकाउको क्यासिनोमा सुरक्षागार्ड 
                                                                         
४) माधव नेपाल– दुबईको ईण्डियन रेष्टुरेन्टमा तन्दुरी नान हान्ने         

५)  बाबुराम भट्टराई–मलेसियाको बाटो  बनाउने कन्ट्रक्सन कम्पनीमा सहायक सुपरभाइजर।

६)  रामचन्द्र पौडेल–साउदीको  अलमराई कम्पनीमा गाई दुहुने मेसिन गाईको थुनमा लगाउने,गाईको सेवा गर्ने।

७) महन्थ ठाकुर– कतारमा भेडा  गोठालो, भेडा हेर्ने चराउने।

८) राजेन्द्र महतो– बहराइनको भारतीय कुर्ता पसलमा कुर्ता, सारी  ग्राहकहरुलाई देखाउने, कुर्ता सारी पट्याउने राख्ने।

९) उपेन्द्र यादव – कोरियाको सामसुङ  कम्पनीमा टिभी मोबाइल  पुछ्ने, सफाई गर्ने, प्याकिङ गर्ने।

१०) बामदेब गौतम – कतारको सपिङ सेन्टरमा सुरक्षा गार्ड 

११)कमल थापा– साउदीको राजपरिवारको कृषि फर्ममा घोडालाई नुहाउने र,तेल लगाउने र घोडाको रेखदेख गरी सेवा गर्ने।

१२ ) ईश्वर पोखरेल– मस्कट ओमानको  होटलमा हाउस किपीङ।

१३) गगन थापा–हङकङको डिस्कोमा बाउन्सर 

१४ ) राम बहादुर थापा बादल– आवुदाबीको होटलमा वेटर।

१५) राम कुमारी झाक्री– ईजरायलमा केएर किभर बुढाबुढीको सेवा गर्ने। 

अरु बाँकी नेताहरु आआफ्नो पासपोर्ट  सहित विभिन्न मेनपावर कम्पनीमा पुग्नु भएको भन्ने समचार आएको छ र आजै उड्न लागेका नेताहरुसँग जाँदा जाँदै ऋषि धमलाले एरपोर्टमै बहस गर्दै हुनुहुन्छ रे। जय गाईजात्रा हाहा !!!