• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

कलाकार अपूर्व क्षितिजलाई तत्काल रिहाइ गर्न एमालेका सचेतक भट्टराईको माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गर्नुभयो ।

हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उहाँले सिंहलाई तत्काल रिहाइ गर्न माग गर्नुभयो । साथै उहाँले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न थालेको र निर्वाचनमा प्रभाव पार्ने गरी कर्मचारीको सरुवा गरेको आरोप लगाउँदै तत्काल त्यस्ता कार्य बन्द गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद समिना हुसेनले मुलुकभर विशेष गरी तराई–मधेशमा हाल जग्गाको कित्ताकाट गर्न पनि नपाएको र जग्गा बैंकमा राखेर ऋण पनि नपाएको बताउँदै यसले किसानका छोराछोरीले पढनसमेत नपाएको उल्लेख गर्नुभयो । उहाँले यस सम्बन्धमा तत्काल समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हुसेनले वैदेशिक रोजागरीमा हाल महिलालाई रोक लगाएर विभेद गरिएको बताउँदै तत्काल यो विषय सम्बोधन गर्न पनि माग गर्नुभयो । सांसद लक्ष्मणलाल कर्णले नेपाल अतिरिक्त हुलाक सेवामा हजारौँ कर्मचारी न्यूनतम तलब पनि नपाएर काम गर्नुपरेको जानकारी गराउँदै उनीहरुलाई न्यूनतम तलबको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बिमला विश्वकर्माले झापामा भूमिहिनले विभिन्न माग राखी आन्दोलन गरिरहेको जानकारी गराउँदै उनीहरुलाई तुरुन्त धनी पूर्जा दिन तथा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।