२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कम बेरुजु गर्ने १० पालिकामध्ये झापाका दुई

कम बेरुजु गर्ने १० पालिकामध्ये झापाका दुई
अ अ+ अ-

झापा । आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थिक वर्ष ०७७÷०७८ मा रु एक अर्ब ९० करोड ५३ लाख ६८ हजारको लेखा परीक्षण गरिएको थियो । यसमध्ये ०.०६ प्रतिशत बेरुजु अर्थात रु ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको हो ।

नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारले आवश्यक कागजात समयमै नल्याएका कारण केही रकम बेरुजु देखिएको प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले बताउनुभयो । 

त्यसैगरी, मुलुकका ७५३ पालिकामध्ये कमल गाउँपालिकाको ०.०८ प्रतिशत मात्र बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु गर्ने मुलुक भरकै १० पालिकामध्ये कमल गाँउपालिका चौथो नम्बरमा परेको छ । जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु बढी देखिएको पालिकामा कचनकवल गाउँपालिका रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । कचनकवलको कूल लेखा परीक्षण रकम रु एक अर्ब १९ करोड ४३ लाख ९५ हजारको ६।०६ प्रतिशत रकम अर्थात रु सात करोड २३ लाख २१ हजार बेरुजु देखिएको छ । गौरीगञ्ज गाउँपालिकाको बेरुजु रकम रु एक करोड १५ लाख ६ हजार बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कूल रकम रु ९९ करोड ४३ लाख एक हजारको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

यसैगरी, मेची नगरपालिकाको बेरूजु प्रतिशत २.२७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४.२३ प्रतिशत, दमक नगरपालिकाको १.०९ प्रतिशत, कनकाईको १.३४ प्रतिशत, अर्जुनधाराको २.९० प्रतिशत, गौरादहको १.४६ प्रतिशत, झापाको ०.६० प्रतिशत, हल्दीबारीको २.५९ प्रतिशत, बाह्रदशीको १.६६ प्रतिशत, बुद्धशान्तिको २.२० प्रतिशत रहेको छ ।

महालेखाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानूनबमोजिम प्रक्रिया नपुर्याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई बेरुजु देखाउने गरेको छ ।