२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

तीनपाटनले अझै ल्याउन सकेन बजेट

तीनपाटनले अझै ल्याउन सकेन बजेट
अ अ+ अ-

सिन्धुली । सिन्धुलीका तीनपाटन गाउँपालिकाले आन्तरिक किचलोका कारण चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन सकेको छैन । यसका लागि पटक–पटक बसेको कार्यपालिकाको बैठक अनिर्णय भएपछि अहिलेसम्म बजेट आउन नसकेको हो ।

स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र असार २५ गतेसम्म बजेट ल्याई सक्नुपर्ने प्रावधान  छ । असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।  गत असार २५ मै बजेट ल्याउने गरी असार १८ गते र २३ गते बसेको कार्यपालिकाको बैठक अनिर्णय बनेपछि बजेट ल्याउन नसकिएको गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्षले पालिकाले निर्माण गर्दै गरेको प्रशासनिक भवनलाई १५ प्रतिशत रकम भेरिएन्स गरी थप गर्नुपर्ने र १५ प्रतिशत रकम छुट्याउने प्रतिबद्धता नआएसम्म कार्यपालिकाको बैठक नराख्ने अडानका कारण बजेट आउन ढिलाई भएको हो ।”

कार्यपालिकाका सदस्यले दबाब दिएपछि गत साउन ३२ मा कार्यपालिकाको बैठक बसेको र सो बैठक पनि अध्यक्षको अडानका कारण निर्णयमा पुग्न नसकेको बताइएको छ ।  उहाँले भन्नुभयो, “यस पछि यही भदौ ६ गते आइतबार भएको कार्यपालिकाको बैठकमा अध्यक्षबाट गाउँ सभाको मिति तय र बजेट निर्माण गर्ने दुई प्रस्ताव पेस भयो ।’’ पछिल्लो बैठकमा कार्यपालिका सदस्यले प्रशासनिक भवनमा १५ प्रतिशत रकम थपको विषय टुङ्गो लगाउनुपर्ने र खरिद नियमावली संशोधनसहित पास भएको भनिएको र कार्यपालिका सदस्यलाई थाहा नभएकाले छलफल गरी विवाद समाधान गर्न प्रस्ताव राख्न आग्रह गरेको बताइएको छ । उपाध्यक्ष  तामाङले भन्नुभयो “अध्यक्षले यी दुई विषयमा आलटाल गर्न खोजेपछि विवाद बढ्यो र बैठकले निर्णय गर्न सकेन ।” 

कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यले सुरुदेखि हालसम्म बसेको कार्यपालिकाको बैठकले गरेका निर्णय उपलब्ध गराउन माग गरेको वडा नं १ का वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठक यही साउन १० गते डाकिएको  उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१५ प्रतिशत रकम थप गर्ने र खरिद नियमावली संशोधनसहित पास भएको छैन, अध्यक्षले पास भएको भन्दै हिडेपछि हामीले कार्यपालिकाले गरेका सबै निर्णय माग गरेका हौ ।” 

वडा नं ११ का वडाध्यक्ष हितलाल श्रेष्ठले भेरिएन्स रकम थप गर्ने भनी  झुक्याउन खोिजएको र भेरिएन्सबापतको रकम अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका मिलेमतोमा रु ७१ लाख रकम झिकेको पाईएको आरोप लगाउनुभयो । 

यस्तै वडा नं ८ का वडाध्यक्ष रेखराज अधिकारीले बोलपत्र प्रक्रियाबाट भवन निर्माण भइरहेको र अध्यक्षलाई निर्माण गरिरहेको निर्माण व्यवसायीलाई बोलाउन र स्टमेटभन्दा बढी काम भएको भए कति काम भयो स्थलगत अवलोकन गर्न आग्रह गरेका बताउनुभयो । उहाँले भन्नुभयो“अध्यक्षको रु ७१ लाख थप्नुपर्ने अडानका कारण हालसम्म पनि बजेट आउन नसकेको हो ।”

जनताका विकासमा बजेट ल्याउनुपर्नेमा अहिले जनप्रतिनिधि आरोप प्रतिआरोपमा उत्रिएका छन् । भेरिएन्स रकम छुट्याउनुपर्ने अध्यक्षको अडान र भेरिएन्स गरेर रकम दिन आवश्यक नभएको कार्यपालिका सदस्यको अडानका कारण विवाद झन बढ्दो अवस्थामा छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाले कार्यपालिकाले गरेका निर्णय सबै आफूसँग सुरक्षित रहेको र सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले बैठकमा प्रस्ताव गरिएको र निर्णय भएको बेहोरा सबै आफूसँग रहेकाले निर्णयअनुसार नै आफू अघि बढेको बताउनुभयो । बजेट निर्माणमा कार्यपालिका सदस्यले नै अवरोध सिर्जना गरेको उहाँँले आरोप लगाउनुभयो ।

अध्यक्षले भेरिएन्स रकम थप गर्नुपर्ने अडान लिए पनि निर्माणको जिम्मा पाएको एमएम÷पाएन्स जेभीले भेरिएन्स गरेर थप रकम माग नगरेको निर्माण व्यवसायी भरत कार्कीले बताउनुभयो । स्टमेट र नक्साअनुसार काम गरेको उहाँले जानकारीदिनुभयो । आफूले सम्झौता रकमअनुसार नै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने बताउनुभयो ।

विसं २०७६ माघ ९ मा रु चार करोड, ८२ लाख आठ हजार २२६ मा २०७९ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।