२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर
अ अ+ अ-

ललितपुर । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा हालै सम्पन्न बैठकले पुनःनिर्माणलाई गति दिने निर्णय गरेको हो । 

पुनःनिर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता भएको छ । रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समिति र पुरातत्व विभागले कोभिड–१९ को जोखिमका कारण पुनःनिर्माणका लागि काठ, ढुङ्गा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानागरपालिका–२२ स्थित बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो । यस मन्दिरको पुनःनिर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुनःनिर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन ।

स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परेका छन् । त्यसो त यस मन्दिरको पुनःनिर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउनुहुन्छ ।

पछिल्लो बैठकपछि पुनःनिर्माणले गति लिने विश्वास गर्दै अध्यक्ष शाक्य भन्नुहुन्छ, “सबै सरोकार निकायले पुनःनिर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । अब अर्को जात्राका अवसरमा काम पूरा हुनेछ ।” उहाँले थप रकम उपलब्ध नहुँदासम्म पुनःनिर्माणको कामले गति लिन नसक्ने बताउनुभयो । बैठकमा मन्त्री भुसालले आम जनताको आस्था रहेको मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणका लागि सहयोग सङ्कलन गर्ने र राज्यका निकायबाट प्राप्त हुन आर्थिक एवं प्रविधिक सहयोगलाई एकीकृत गर्ने बताउनुभयो । मन्दिरको पुनःनिर्माणका लागि आर्थिक एवं अन्य सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मन्दिर परिसर निर्माणका लागिसमेत ध्यान दिनुपर्नेमा जाड दिनुभयो ।
 
प्रदेशसभा सदस्य खड्काले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । त्यस्तै पुनःनिर्माण प्राधिकरणका प्रमख कार्याकारी अधिकृत सुशील ज्ञवालीले प्रविधिकरणले उपलब्ध गराउन सकिने प्राविधिक एवं आर्थिक सहयोग दिने वाचा गर्नुभयो । महानगर प्रमुख महर्जले जनता र राज्यको सहयोगबाट पुनःनिर्माणका काम धेरै सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार पुनःनिर्माणका काम पूरा गर्नुपर्ने बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक गौतमले पुनःनिर्माणको कार्यलाई गति दिने विश्वास दिलाउनुभयो । विभागको समन्वयमा भएका गतिविधिबारे जानकारी गराउँदै आगामीमा दिनमा पुनःनिर्माणका कार्यलाई थप केन्द्रित गर्ने दृढता व्यक्त गर्नुभयो । पुनःनिर्माणका लागि आवश्यक पर्ने कलात्मक इँटा महँगो हुने गरेको छ । स्थानीय कच्चा पदार्थबाट एउटा इँटा निर्माणका लागि रु नौ हजार ८५० सम्म लाग्ने देखिएको छ । मन्दिरको परम्परागत स्वरूपलाई कायम गर्नका लागि चुनौती भएको स्थानीय जानकारको भनाइ छ । उक्त मन्दिरमा तीन दर्जनभन्दा बढी साना ठूला विभिन्न आकार र डिजाइनका इटा प्रयोग भएको छ । त्यसले गर्दा पनि कामले गति लिन सकेको छैन । 

मन्दिर पुनःनिर्माण पूरा गर्नका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्वको महत्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् । मन्दिरको पुनःनिर्माण निकै कठिन भएको जनाउँदै कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको लागत एवं प्राविविधरुपमै पुनरावलोकन गर्नुपर्ने अवश्यकता रहेको बताउनुभयो । 

पुनःनिर्माणका लागि विनियोजना गरिएको बजेटले काम सम्पन्न हुन नसक्ने देखिएको छ । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी एवं जडान गरिएको छ । त्यसैगरी गजुरको काम, घण्टा जडान, चारै दिशमा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ ।