२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षले थाल्यो सभापतिका आकांक्षीहरूसँग छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूबीच छलफलमा जुट्ेका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका आकांक्षीहरू नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता छलफलमा जुटेका हुन्।

सोमबार बिहानदेखी काठमाडौंको बत्तिसपुतलीमा शिर्ष नेताहरुबिच छलफल भइरहेको छ । 

‘सभापतिमा उठ्ने आकांक्षीबीच छलफल भएको छ,’ स्रोतले भन्यो, ‘पौडेल पक्षबाट सहमतिमै सभापतिमा एक जना मात्रै उठ्ने र क्रियाशील सदस्यतालगायतमा देखा परेका विवाद समयमै हल गर्न दवाव दिन छलफल जारी छ।’

कांग्रेसले मंसिर ९ देखि १४ औं महाधिवेशन गर्दैछ भने भदौ १८ गते वडा अधिवेशन तय गरेको छ । अधिवेशनहरू सुरू हुन लागेकोले अब केन्द्रीय नेतृत्व र पदाधिकारीलगायत टिम बनाएर अगाडि बढ्नुपर्नेमा पौडेलसहित नेताहरू छन्।

संस्थापन पक्षबाट सभापतिमा फेरि पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा उठ्ने तयारी गरिरहेका छन्। देउवालाई नै सहयोग गर्दै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सभापतिमा उठ्ने दाबी गरिरहेका छन्।