२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षले थाल्यो सभापतिका आकांक्षीहरूसँग छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूबीच छलफलमा जुट्ेका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका आकांक्षीहरू नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता छलफलमा जुटेका हुन्।

सोमबार बिहानदेखी काठमाडौंको बत्तिसपुतलीमा शिर्ष नेताहरुबिच छलफल भइरहेको छ । 

‘सभापतिमा उठ्ने आकांक्षीबीच छलफल भएको छ,’ स्रोतले भन्यो, ‘पौडेल पक्षबाट सहमतिमै सभापतिमा एक जना मात्रै उठ्ने र क्रियाशील सदस्यतालगायतमा देखा परेका विवाद समयमै हल गर्न दवाव दिन छलफल जारी छ।’

कांग्रेसले मंसिर ९ देखि १४ औं महाधिवेशन गर्दैछ भने भदौ १८ गते वडा अधिवेशन तय गरेको छ । अधिवेशनहरू सुरू हुन लागेकोले अब केन्द्रीय नेतृत्व र पदाधिकारीलगायत टिम बनाएर अगाडि बढ्नुपर्नेमा पौडेलसहित नेताहरू छन्।

संस्थापन पक्षबाट सभापतिमा फेरि पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा उठ्ने तयारी गरिरहेका छन्। देउवालाई नै सहयोग गर्दै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सभापतिमा उठ्ने दाबी गरिरहेका छन्।