२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा एकै परिवारका तीनजना मृत फेला



अ+ अ-

झापा । झापामा एकै परिवारका तिन जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कन्काई नगरपालिका १ का एकै परिवारका तीनजना मृत फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार कन्काई नगरपालिका(१ का  रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परे प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिए।