२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह बिरूद्ध बालयौन दुराचारको अभियोग, २ वर्ष ६ महिनाको कैद



कलाकार पल शाह
अ+ अ-

काठमाडौंः नेपाली सिने अभिनेता पल शाह विरुद्ध बालयौन दुराचारको अभियोगमा नवलपुरको जिल्ला अदालतले दुई वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । हाल पल शाह किशोरी बलात्कारको अभियोगमा कारागारमा छन् ।

जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गरेको फैसलामा अभिनेता शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बालयौन दुराचार गरेको ठहर गरेको हो । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् ।

बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर उनले बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् । त्यही बयानलाई आधार मानेर अदालतले शाहले बालयौन दुराचार गरेको ठहर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।