५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन
अ+ अ-

अफगानिस्तान । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताए।

"यति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन," ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले भने, "हामीले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रनसक्छ।"

काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एकजना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन्।

विवरणमा कतिपयले किचिएर ज्यान गुमाएको उल्लेख गरिएका छन्। आइतबारको दृश्य अन्य दिनको तुलनामा केही शान्त भएको विवरण आएका छन्।

यूकेको सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले गर्दा देश छाड्ने अपेक्षा गरिरहेकाहरूको प्रक्रिया चाँडै अघि बढेको बताए।

यूकेले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरेको छ।

काबुलमा उसका १ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन्।

गैरसैनिक विमानको परिचालन
आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको थियो।

यसले सङ्कटको समयमा अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ।

सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए।

विज्ञप्तिका अनुसार अहिले क्रियाशील हुने १८ वटा विमानमध्ये चारवटा युनाइटेड एअरलाईन्सका छन्।

अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ‌ओम्नी एअरका तीन(तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका छन्।

सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुल भित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ।

यी विमानहरू काबुलमा भने अवतरण नगर्ने उल्लेख गर्दै राष्ट्रपति बाइडनले दुई दर्जनभन्दा बढी देशमा उद्धार गरिएका व्यक्तिको परीक्षणका लागि केन्द्रहरू बनाइएको जनाएका छन्। (बीबीसी)