२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन
अ अ+ अ-

अफगानिस्तान । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताए।

"यति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन," ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले भने, "हामीले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रनसक्छ।"

काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एकजना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन्।

विवरणमा कतिपयले किचिएर ज्यान गुमाएको उल्लेख गरिएका छन्। आइतबारको दृश्य अन्य दिनको तुलनामा केही शान्त भएको विवरण आएका छन्।

यूकेको सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले गर्दा देश छाड्ने अपेक्षा गरिरहेकाहरूको प्रक्रिया चाँडै अघि बढेको बताए।

यूकेले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरेको छ।

काबुलमा उसका १ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन्।

गैरसैनिक विमानको परिचालन
आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको थियो।

यसले सङ्कटको समयमा अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ।

सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए।

विज्ञप्तिका अनुसार अहिले क्रियाशील हुने १८ वटा विमानमध्ये चारवटा युनाइटेड एअरलाईन्सका छन्।

अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ‌ओम्नी एअरका तीन(तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका छन्।

सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुल भित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ।

यी विमानहरू काबुलमा भने अवतरण नगर्ने उल्लेख गर्दै राष्ट्रपति बाइडनले दुई दर्जनभन्दा बढी देशमा उद्धार गरिएका व्यक्तिको परीक्षणका लागि केन्द्रहरू बनाइएको जनाएका छन्। (बीबीसी)