• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा स्टाफ कलेजको निरीक्षण भ्रमण



file

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा रहनुभएका भारतीयस्थल सेनाध्यक्ष मनोज पाण्डेले आज शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा स्टाफ कलेजमा आयोजित अन्तक्र्रियात्मक समारोहमा उहाँ सरिक हुनुभएको थियो । आजै अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साँझ हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेका नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले मौसमले साथ दिएमा बुधबार बिहान मुक्तिनाथको दर्शन गरी कास्कीको पोखरास्थितमध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम छ । त्यसपछि अपरान्ह वसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण सकेर उहाँ स्वदेश फर्कनु हुने जनाइएको छ ।

प्रधानसेनापति शर्माको निमन्त्रणामा आइतबार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो । त्यसअघि उहाँले नेपाली सेनालाई भारतबाट सहुलियतपूर्ण रुपमा आएको रु २२ करोड ३८ लाख बराबरको सैन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।