१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै
अ अ+ अ-

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ ।

अतुल्य फाउण्डेशनले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिनुभएको हो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताउनु भयो । उहाँले समावेशी विपद्जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताउनु भयो । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हीत, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताउनु भयो । उहाँले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०१५ को जुन हाम्रो भूकम्प छ र कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ । खास गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै आपतविपद् आइप¥यो । त्यसले हामीलाई हाम्रा नीति, योजना, कार्यक्रम, तर्जुमा र कार्यान्वयन, अनुगमन र मूल्यांकनमा पनि धेरै कुरा परिमार्जन र परिष्कृत गर्नुपर्छ भन्नेकुरा सिकाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउँदैछौँ । त्यसमा एक लेभलको डिस्कशन त भइराखेको छ । मलाई के विश्वास छ भने यो दुई दिनको छलफलले पनि निकालेको निस्कर्ष मन्त्रालयले पायो भने राष्ट्रिय नीतिमा समावेश भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न
चाहन्छु । राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको समन्वय, सहकार्य गरेर आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हीत, हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गरेर कार्यक्रम तय गर्ने, नीति योजनातर्जुमा गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने र सँगै असल नतिजा दिनेतर्फ पनि हामी लाग्नेछौँ ।’

कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी जानकारीमुलक हातेपुस्तिका पनि विमोचन भएको छ । पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो । पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेकोप्रति स्वामित्व लिएकोमा खुशी प्रकट गर्नुभयो ।