२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

गाईजात्रा: थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’

गाईजात्रा: थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’
अ अ+ अ-

–तारानाथ आचार्य
बलेवा । 
                हा…हो….इ..गाई भैँसीलाई किलो दाम्लो…
                बाखरीलाई खोर साईंलो…

बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच अर्थात् गाईजात्रा । यहाँ आज गाईजात्राका दिन गरिने नाच हो लाखे नाच ।  

तिथिका आधारमा हुने हिन्दू संस्कारका चाडपर्व । चाडपर्वसँग जोडिएका लाखे नाच र गाईजात्रा अधिकांश वर्षमा खेतबारीको काम सकेपछि सुरु हुन्छन् । बर्खाको समयमा खेती लाउने कठिन काम, थाकेको शरीर, शिथिल मानसिकतालाई ऊर्जा भर्ने पर्वका रुपमा बलेवामा लाखे नाच गर्ने गरिन्छ । देशभर गाईजात्रा मनाइने आजकै दिन यहाँ गरिने यो नाच पनि एक किसिमको गाईजात्रा नै हो । 

“घरको काम सकेपछि बलेवा चौरमा लाखे नाचेको हेर्न र गाईजात्रा हेर्न वरिपरिका गाउँबाट भीड नै लाग्थ्यो”, बाल्यकाल सम्झँदै नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्री भन्नुहुन्छ, “उ बेलाको मनोरञ्जन लिने भनेकै यिनै नाच थिए, साथीभाई भेट्ने थालो बन्थे, अहिले जस्तो सञ्चारका साधन, युटुब र मोबाइल थिएनन्, रमाइलो गर्न सबै काम छोडेर चौरमा जम्मा भइन्थ्यो ।” गाईजात्रा र लाखे नाचेको हेर्न पल्टनबाट फर्किएको स्मरण गर्नुहुन्छ खत्री । 

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा नेवार हटिया छ । नेवार समुदायले व्यापार गर्ने थलोलाई हटिया भनिन्छ । भक्तपुरबाट देशका विभिन्न ठाउँमा छरिएका नेवार समुदाय जस्तै बलेवामा पनि भक्तपुरबाटै आएका हुन् । नेवार समुदायसँग जोडिएको लाखे नाच र गाईजात्रा बलेवा क्षेत्रका पनि संस्कृति हुन् । 

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ । तर यस वर्ष भने बलेवामा नै कोरोना ‘हट स्पट’ बनिरहेकाले न लाखे नाच भयो र नत गाईजात्रा नै । 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन यहाँका नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी नारायणस्थानमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । मृतक पुरुष भएमा पुरुषको पहिरन लगाएर बहर र महिला भएमा महिलाका पहिरन लगाएर गाई निकाल्ने प्रचलन छ । 

पहिले पहिले गाई र बहर नै निकाल्ने यहाँका नेवार समुदायले पछिल्लो सयम भने बाँसको डोकोलाई गाईको स्वरुप मान्ने गरेका छन् । 

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । देशभरका नेवार समुदायको जस्तै बलेवाका नेवार समुदायको पनि मृतकका घरबाट गाई निकाल्ने समान संस्कृति रहेको नारायणस्थानका समाजसेवी नगेन्द्रध्वज श्रेष्ठ बताउनुहुन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
 
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा बलेवामा नाग नागिनी नाच, झुमा नाच र अन्य प्रहसनसमेत गर्ने चलन छ । “गाईजात्रामा ठट्टा गरिन्छ, मृत्यु भएका परिवारका लागि सान्त्वना दिन गाईजात्रामा सामेल सबैले रमाइलो गर्ने चलन हाम्रोमा छ”, बलेवाको नेवार समुदायका अगुवा हरिकुमार श्रेष्ठले भन्नुभयो, “अन्यत्रकोभन्दा हाम्रोमा नाच गान र व्यङ्ग्यको प्रकृति फरक छ ।” अष्टमीका दिन रोपाइँ नाच नाचेपछि गाईजात्रा विधिपूर्वक समाप्त हुन्छ ।
 
तत्कालीन बलेवा कोटमा पर्ने गाउँमा भदौको पहिलो मङ्गलबार हरेलो ९भूमि पूजा० गर्ने चलन छ । यहाँका नेवार समुदायले नचाउने लाखे हरेलोदेखि तीजको दिनसम्म पर्वका समयमा नचाउने नेवारी परम्परा रहेको नेवार समुदायका युवा नारायण श्रेष्ठले बताउनुभयो ।

“हरेलो, जनैपूर्णिमा र तीजमा पनि लाखे नचाउने चलन थियो रे”, श्रेष्ठ भन्नुभयो, “पछि तीजमा गाउने नाच्ने संस्कृति जुधेपछि तीजको दिन लाखे नाच्न छोडेको बुवाले सुनाउनुभएको थियो ।” शहरमा नेवार समुदायको संकृतिका रुपमा मात्रै रहेको भए पनि बलेवामा भने संस्कृतिसँगै पुराना पुस्ताको मनोरञ्जनको थलो गाईजात्रा र लाखे नाच भएको श्रेष्ठ बताउनुहुन्छ । सांस्कृतिकरुपमा हुने पूजाआजा र गाईजात्राबाहेकसँगै गाइने गीत र नाचले बलेवामा रहेको नेवारी संस्कृतिको फरकपन झल्काउँछ ।

बलेवाको गाईजात्रा र लाखेनाच हेर्न पुगेर फर्किंदा कैयौँ युवायुवती प्रेममा फसेर बिहेबारी हुने गरेका किस्सा पनि पुराना पुस्तामा छन् । यहाँ गाईजात्रा हेर्नका लागि अमलाचौर, पैँयुपाटा, कुश्मीशेरा, पर्वतको फलेवासलगायतका ठाउँबाट गाउँले पुग्छन् ।