२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

गाइजात्रा: निषेधाज्ञाको मारमा गोरखा

गाइजात्रा: निषेधाज्ञाको मारमा गोरखा
अ अ+ अ-

गोरखा । गाई जात्रा निकाल्ने सदरमुकामको ठूलो आँगन, नयाँ बजार छिपी टोल, बराह टोललगायत क्षेत्र अहिले सुनसान छ । विगतमा  हरेक वर्ष आजका दिन यहाँ गाईजात्राको छुटृै रौनक हुने गर्दथ्यो । गाईको प्रतिक बनाएर टोल टोलबाट निस्कने जात्राको भिडले बाटो हिँड्नसमेत गाह्रो हुन्थ्यो,  नेवार समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा । यहाँ दिवङ्गत आफ्न्तको सम्झनामा मानिसलाई गाईको प्रतिक बनाएर नगरपरिक्रमा गर्ने परम्परा धेरै पुरानो हो ।

युवायुवती, बुढापाका मात्र होइन सानासाना बालबालिका पनि विभिन्न खालका वेषभूषामा फरकफरक रुप धारण गरी बाजागाजासहित सडकमा परिक्रममा गर्दा हेर्नेहरूको भिड हुने गर्दथ्यो तर यो वर्ष यहाँका टोल प्रायः सुनसान छ । दिवङ्गत आफ्न्तको संझानामा जात्रा निकालेर बजार परिक्रमा गर्ने दिन यहाँका सडकमा अहिले गाईजात्रा होइन प्रहरीको भ्यान साइरन बजाउँदै दौडिरहेका छन् ।

“गाईजात्रा यो वर्ष कति मान्छे मरेछ भन्ने देखाउने पर्व पनि हो”, नयाँ बजार छिपिटोलका सचिव रामबाबु श्रेष्ठले भन्नुभयो, “यस पटक गोरखा नगरपालिकाले पनि सबै टोलका प्रतिनिधिलाई बोलाएर नगरी नहुने साँस्कृतिक कार्यक्रम भीडभाड नहुनेगरी गर्न  अनुरोध गरेकाले परम्परा धान्ने हिसावले मात्र जात्रा मनाएका छौँ।” 

जात्राको रौनक कोरोनाले खोसेकाले आठ–दश जना जम्मा हुन्छौँ, गाई बनाउछौँ , बाजा बजाउछौँ, करिब १० मिनेट भित्रै सम्पन्न गर्ने गरी परम्परा धान्ने काम गर्छौँ, उहाँले भन्नुभयो । अघिल्ला वर्षहरूमा जनैपूर्णिमाका दिन बाजागाजासहित विध्यवासिनी मन्दिरमा नुहाउन जाने गरिन्थ्यो भने गाईजात्राको दिन बिहान जोगी बनेर बाराही मन्दिरको नौ धारामा नुहाउने दिउँसो र बेलुकीपख मरेको मान्छेको घरबाट गाई निकालेर बाजागाजासहित टाकटुके नाच देखाउँदै बजार परिक्रमा गर्ने गरिन्थ्यो । 

पिछी टोलमा डोकोमा बाँस राखेर गाईकाको हातखुट्टा जस्तै आकृति निर्माण गरी जात्रा निकाल्ने यहाँको अर्को नौलो प्रचलन थियो । त्यसरी बनाइएको गाईलाई दिवङ्गत परिवारका सदस्य आएर पूजा गरेपछि  प्रसाद खुवाएर नजिकैको कुण्डमा लगेर जात्रा सेलाउने गरिन्थ्यो । जिल्लाभित्र कोरोना सङ्क्रमणको दर झनै बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गतेसम्म निषेधाज्ञा जारी गरेकाले हरेक वर्ष गाईजात्राका दिन निक्कै रौनक देखिने बजार क्षेत्र आज सुनसान देखिएको हो ।

कोरोनाले गर्दा आफ्नो परम्परा र संस्कृतिलाई समेत घरभित्रै साङ्केतिक रुपमा मनाउनुपर्ने बाध्यता भएको पाटेचौर टोलका हुकबहादुर श्रेष्ठले बताउनुभयो । महिलाको मृत्यु भए बालिका र पुरुषको भए बालकलाई गाई बनाउने गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “पछिल्लो समय धेरैजसो बालकलाई नै गाईको रूपमा सिँगारी जात्रा निकाल्ने प्रचलन बढेको छ ।”

कोरोना जोखिमका कारण यो पटक पाटेचौर टोलले पनि जात्रा ननिकाल्ने र दिउँसो एउटा टोलबाट मूल गाई निकालेर रानीपोखरीमा लगेर सेलाएर संस्कार मात्र चलाउने भएको छ । विगतमा भने दिउँसो गाई निकालेर कालिका मन्दिर, दरबार, गणेश मन्दिर घुमाएर राति सेलाउने गरिन्थ्यो । 

गाईजात्रा मनाउने प्रचलन ठाउँ र क्षेत्रअनुसार फरक हुने भए पनि गोरखा जिल्लामा काठमाडौंको संस्कारसँग मेल खाने उहाँले जानकारी दिनुभयो । यहाँ गाईजात्राका  दिन १३ वटा बाजाका ताल बजाउने गरिएको छ । 

सगुन दिने प्रचलन

गाई जात्रा सेलाएर फर्किएपछि जुन घरबाट गाई निकालिएको हो त्यसघरबाट जात्रामा सहभागी भएकालाई सगुन दिने प्रचलन छ । माछा, मासु, अण्डा, दही, रक्सी र मासुलाई सगुनको रूपमा प्रयोग गर्ने र गाई निकालेको घरबाट सुगन खाएर मात्र फर्कनु पर्ने चलन छ ।

सदरमुकाममा छिपिटोल, पँदेली, पाटेचौर, तिनधारे, ढाँड, बराह, मैदान, खिरेपानी, हरमटारी, कालीमाटी, शक्तिचोक, बसपार्कलगायत टोलबाट  बढीमात्रामा गाईजात्रा निकालिन्छ  । दीपक श्रेष्ठ – रासस