२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई साथ नदिनेलाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको ‘टाइमलाइन’



अ+ अ-

काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपालबाट अलग भएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ ।

१० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्न चाहेका नेताहरू यसबारे निर्णायक छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । 

छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि उपस्थित थिए ।

माधव नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाललगायतको समूहमा छ । त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको बताइएको छ ।

त्यसमा सहमतिपछि आजै साँझसम्म वा भोलि बिहानै माधव नेपाल छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने एमालेको तयारी छ । 

यस्तै माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति पनि भएको छ ।