२५ मंसिर २०८२, बिहीबार
,
Latest
सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः रविकिरण हमाल चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री सोलुमा हिउँले ढाकेका भाग घट्दै भिजिट भिषा प्रकरण: सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप: नेपाललाई इतिहास रच्ने अवसर



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ । दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो । बङ्गलादेशबाट सुरु भएको उक्त च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म पनि नेपालले उपाधि जित्न सकेको छैन । पाँच पटकको सहभागितामा नेपाल चार पटकसम्म उपविजेतामै सीमित भएको छ । एकपटक सेमिफाइनमै सीमित बनेको थियो ।

च्याम्पियनसिपको उपाधि भारतबाहेक अन्य राष्ट्रले हालसम्म जित्न सकेको छैनन् । चार पटकसम्म नेपाल फाइनल पुग्दै भारतसँग नै पराजित हुँदै आएको छ । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हँुदै दोस्रो बनेको थियो ।

यसैगरी सन् २०१२ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणको खेलमा नेपाल भारतसँगै पराजित भयो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित भयो र दोस्रो संस्करणको उपाधि पनि भारतले नै चुम्यो ।

सन् २०१४ मा पाकिस्तानमा भएको समूह चरणको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनल यात्रा तय गर्दा फेरि पनि नेपाल र भारतकै भेट हुन पुग्यो । त्यस संस्करणमा नेपालले इतिहास रच्न सकेन र फाइनल खेलमा भारतसँग नेपाल ६–० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो । प्रतियोगितामा भारतले उपाधिको ह्याट्रिक पूरा गर्दा नेपाल भने तेस्रो पटक पनि उपविजेतामा नै सीमित भयो ।

च्याम्पियनसिपको चौथौ संस्करण भारतले आयोजना ग-यो । सन् २०१६ मा आयोजना भएको उक्त प्रतियोगिताको उपाधि भारतले नै जित्यो । तेस्रो संस्करणको खेलसम्म दोस्रो बन्दै आएको नेपाल यसपटक त सेमिफाइनलमा नै सीमित बन्यो ।

यसपटक पनि भारत तगारो बन्दा नेपाल सेमिफाइलबाट नै बाहिरिनुप-यो । सेमिफाइनल खेलमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भयो ।

पाँचाँै संस्करणको खेल भने नेपालले आयोजना ग¥यो । यो खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । विराटनगरमा सन् २०१९ मा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत नै भयो । आम दर्शकको समर्थन पाउदा पनि नेपाल भारतसँग नै चुक्यो । लिग चरण पार गर्दै फाइनल पुगेको नेपाल अन्ततः भारतसँग ३–१ गोल अन्तरले नै पराजित भयो । भारतले पाँचौँ पटक साफ च्याम्पियपनसिपको उपाधि उचाल्दा नेपाल भने चौथो पटकसम्म उपविजेतामा सीमित भयो ।

घरेलु मैदानमा दोस्रो पटक आयोजना गर्न लागेको छैटाैं संस्करणको खेलमा भने नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपालको लक्ष्य साफमा पहिलो पटक उपाधि जित्ने रहेको बताउनुहुन्छ । उहाँले विगतलाई बिर्सेर प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो ।

लिग चरणमा नेपालले भूटान र श्रीलङ्कासँग खेल्नेछ । उहाँले सबै टोली राम्रो भएर आएको र आफ्नो टोली खेल्नका लागि तयारी अवस्थामा रहेकोसमेत बताउनुभयो ।

छैटाँै संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए र समूह बी । नेपाल भने सजिलो मानिएको समूह बी मा परेको छ ।

नेपालको समूहमा श्रीलङ्का र भूटान छन् । यी दुई टोलीले अहिलेसम्म फाइनल यात्रा तय गरेका छ्रैनन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् ।

नेपालले उद्घाटन खेलमा भूटानको सामना गर्नेछ । खेल यही भदौ २१ गते साँझ हुनेछ । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यो खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाउनुभएको छ । प्रतियोगिताको तयारी दौरान नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सुब्बाले अवसर पाउनुभएको हो ।

उहाँले आफूले पाएको जिम्मेवारी र विश्वासलाई गुम्न नदिने भन्दै साफ च्याम्पियनसिपको उपाधि जित्ने आफनो टोलीको लक्ष्य रहेको बताउनुभयो । एन्जिलाले भन्नुभयो, “हामी अन्तिमसम्म मैदानमा लड्नेछौँ र उपाधि जित्न प्रयास गर्नेछौँ ।”प्रतियोगितामा नेपालसँगै बाँकी छवटै टोलीले प्रतियोगिताका लागि आफनो टिम तयारी अवस्थामा रहेको बताएका छन् । रासस