• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

भोलिदेखि साफ महिला च्याम्पियनसिप: उपाधि लैजान दिँदैनौं– नवनियुक्त कप्तान तुम्बापो (फोटोफिचर)



काठमाडौँ । नेपालमा मंगलवारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताउनुभएको छ ।

काठमाडौंमा सोमवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता उपाधि जित्नलाई प्रयास गर्ने बताउनुभएको हो । मंगलवारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाउनुभएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताउनु भयो ।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमी कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताउनु भयो । सात साताको अभ्यास पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताउनु भयो ।

अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छ्रैन । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताउनु भयो । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताएपनि प्रतिष्पर्धात्मक खेल हुने बताउनु भयो । नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा कठिन हुने र अनुभव कम भएपनि राम्रो खेल्न प्रयास गर्ने बताउनु भयो ।

यस्तै अन्य टोलीले पनि साफल महिला च्याम्पियसिपका लागि तयारी राम्रो गरेको र प्रतिष्पर्धात्मक खेलका तयार रहेको प्रतिक्रिया दिए । मंगलवार हुन प्रतियोगितामा पाकिस्तान ८ वर्षपछि सहभागिता जनाउँदै छ । यो संस्करण साफका सबै देशले सहभागिता जनाउँदै छन् । उद्घाटन खेल खेल्न लागगेको नेपाल महिला साफको पाँच संस्करणमा उपविजेता बनेको हो ।

नेपाल विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् ।

समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।