२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान जाने कार्यक्रम नरहेको पाकिस्तानको भनाइ

पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान जाने कार्यक्रम नरहेको पाकिस्तानको भनाइ
अ अ+ अ-

इस्लामावाद । पाकिस्तान सरकारले यहाँका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने भन्ने हल्ला मात्र हो भनेको छ । आइतबार पाकिस्तानका केही सञ्चारमाध्यमहरुले पाकिस्तानका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने समाचार सार्वजनिक गरेका थिए । 

तर पाकिस्तानले भने सो समाचार सत्य नभएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरेर सो समाचारमा कुनै सत्यता नभएको र पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गर्ने कुरा हल्लामात्र भएको जनाएको हो ।

पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानको भ्रमण गर्ने भन्ने समाचार आएपछि विदेश मन्त्रालयलका प्रवक्ता जाहिद हाफिज चौधरीले विज्ञप्तिमार्फत त्यसको खण्डन गर्नुभएको हो । उहाँले आइतबार साँझ प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ, “यो सबै हल्लामात्र हो, पाकिस्तानका विदेशमन्त्री अहिले अफगानिस्तानको भ्रमणमा जाने कुनै कार्यक्रम नै छैन ।” 

यसअघि पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको विषयमा आवश्यक छलफल र परामर्श गर्नका लागि भन्दै विभिन्न छिमेकी देशको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । 

विदेश मन्त्रालयका प्रवक्ता चौधरीले अहिले सो कार्यक्रम पनि स्थगित गरिएको र अफगानिस्तानका विषयमा आवश्यक सहयोगका लागि रुस, जर्मनी, टर्की, बेल्जियम तथा नेदरल्याण्डका विदेशमन्त्रीसँग फोनमा सम्वाद भने गर्नुभएको उहाँले जानकारी दिनुभयो ।