काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।
भोलिको बैठकमा माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका १० नेता सहभागी हुने भएका छन् ।
१० नेताले आज बिहान अध्यक्ष केपी ओली संग सम्बाद गरेपछि १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बस्न लागेको हो ।
एमाले उपमहासचिव बिष्णु पौडेलले न्यूजपोलारसँग भन्नुभयो "भोली स्थायी समितिको बैठक बस्छ बिगतमा सहभागी नहुनुभएका नेताहरु सहभागी हुनुहुन्छ ।"
बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा ११ बजे बस्नेछ ।