• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

भोजपुरको ऐतिहासिक टक्सार बजारका सम्पदा संरक्षणको पखाईमा



भत्काउँदै गरेको भोजपुरको ऐतिहासिक टक्सार बजारको कलात्मक घर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व मेटिँदै गएको छ । तस्बिर : युवराज विष्ट/रासस

टक्सार । भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् ।

जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार छन् । संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा हिजोआज पूजाआजा गर्ने तीर्थालु भक्तजनको कमी भएको छ ।

पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्व बोकेका यहाँका मठमन्दिर जीर्णोद्वार हुन नसक्दा बेवारिसे बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिर तथा धार्मिकस्थल अहिले स्थानीयवासीको विस्थापन र संरक्षणका कारण जीर्ण बन्दै गएका हुन ।

सरोकारवाला निकायले पनि ध्यान नदिनु र स्थानीय विस्थापनको लहर बढन थालेपछि टक्सारका सम्पदा झन ओझेलमा परेको शाक्यले बताउनुभयो । “धार्मिक तथा सांस्कृतिक महन्व बोकेको पाटनको जति महत्व छ, भोजपुरको टक्सारमा रहेका मठमन्दिरको पनि उति नै महत्व छ”, शाक्यले भन्नुभयो । टक्सारका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट पनि सहयोग हुनुपर्ने टक्सारवासीको माग रहेको छ ।

इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजना निर्माणसहित अगाडि बढनु जरुरी देखिएको स्थानीय बिमल रणपहेलीको धारणा छ । “टक्सारबाट विस्थापन हुने क्रम रोक्दै, टक्सारको विकासका लागि एकल भन्दा पनि सामूहिक प्रयासको खाँचो छ”, रणपहेलीले भन्नुभयो ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसँग जोडिएका यहाँका मठमन्दिरको दुर्दशाप्रति सम्बन्धित स्थानिय सरोकारवाला निकायकै ध्यान पुग्न नसकेको यशोधरा माध्यामिक बिद्यालय टक्सारका शिक्षक अमृका ताम्राकारको भनाइ छ । टक्सारका यस्ता ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानिय मात्र होइन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु जरुरी रहेको शिक्षक ताम्राकार बताउनुहुन्छ ।

भोजपुर नगरपालिकाको वडा नम्वर १२ मा टक्सार रहेको छ । यहाँको लाखे जात्रा, धातुका सामाग्री, संस्कार तथा संस्कृति अन्य ठाउँका तुलनामा फरक छन । यस्तो बजारको संरक्षणमा वडाबाट मात्र सम्भव नहुने वडाध्यक्ष देवी कार्कीको धारणा छ । वडाध्यक्ष कार्कीले भन्नुभयो, “टक्सार विकासका लागि सबै पक्ष बसेर खाका तयार गरौ, सोही अनुसार अगाडि बढौ ।”