१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन कमजोर बन्दै, देशभर आंशिकदेखि सामान्य बदली



अ+ अ-

हाल प्रदेश १, मधेस प्रदेश, वागमाती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य
बदली रहनेछ ।

प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई
स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।