• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

एनआरएनए क्रिकेट टोलीको घोषणा



नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले आईतवार क्रिकेट टोलीको घोषणा गरेको छ ।

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन् ।

यस्तै टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरी, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरी, सुनिल श्रेष्ठ, दिपेन श्रेष्ठ, दिपक क्षेत्री, आशिस पोखरेल, गम बहादुर गुरुङ र सागर पुन रहेका छन । टोलीको व्यवस्थापकीय जिम्मेवारी स्वम्भूराज डंगोललाई दिइएको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ तर पुरुष क्रिकेट भने भदौ २३ बाट सञ्चालन हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल ट्वान्टी–२० लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।