• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा भारत ५ विकेटले पराजित



एसिया कप टी २० क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको योगदान गरेका थिए ।

साथै रोहित शर्माले २८, सूर्य कुमार यादवले १३, रिसभ पन्तले १४ रन बनाएका थिए ।

जितका लागि १८२ रनको लक्ष पछ्याएको पाकिस्तानले १९.५ ओभरमा १८२ रन बनाउन सफल भएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ७१, मोहमद नवाजले ४२ रन बनाएका थिए ।

एसिया कपको सुपर चारमा पाकिस्तान र श्रीलंकाले एकएक खेल जितेका छन् ।