१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा भारत ५ विकेटले पराजित



अ+ अ-

एसिया कप टी २० क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको योगदान गरेका थिए ।

साथै रोहित शर्माले २८, सूर्य कुमार यादवले १३, रिसभ पन्तले १४ रन बनाएका थिए ।

जितका लागि १८२ रनको लक्ष पछ्याएको पाकिस्तानले १९.५ ओभरमा १८२ रन बनाउन सफल भएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ७१, मोहमद नवाजले ४२ रन बनाएका थिए ।

एसिया कपको सुपर चारमा पाकिस्तान र श्रीलंकाले एकएक खेल जितेका छन् ।