२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एमालेको बहिष्कारका बाबजुत लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत

एमालेको बहिष्कारका बाबजुत लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत
अ अ+ अ-

रुपन्देही । प्रमुख विपक्षी दल नेकपा एमालेको बहिष्कारका बाबजुत लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । 

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । 

प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराउनुभयो । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो । नेकपा ९एमाले०ले सदन बहिष्कार गरेको थियो ।

सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गर्नुभयो । उहाँले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताउनुभयो ।