२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्छौँ: श्रममन्त्री कुँवर



file
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ ।

आईतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताउनुभएको हो । उहाँले शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको बताउनु भयो ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यरो लागेको बताउनु भयो ।  उहाँले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताउनु भयो । उहाँले अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्यो गरेको बताउनु भयो ।

मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताउनु भयो । उहाँले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने बताउनु भयो । उहाँलेकल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भएपनि समाधान मन्त्रालयले गरिरहेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय वैदेशीक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताउनु भयो ।

मन्त्री कुवरले आईतवार चार जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । उहाँले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको,वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए ।

श्रममन्त्री कुँवरले हेरक हप्ताको आईतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहनुभएको छ ।