• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

मोरङ कांग्रेसमा नाम सिफारिसमा भाँडभैलो, शेखर कोइराला सर्वसम्मत भएनन्



file

मोरङ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारको नाम सिफारिसलाई लिएर नेपाली कांग्रेस मोरङमा भाँडभैलो देखिएको छ । मोरङका छ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारहरुको नाम सिफारिस भएपछि चरम असन्तुष्टी बढेको हो ।

क्षेत्रीय समितिले उम्मेदवारहरुको नाम जिल्लामा सिफारिस गर्दा पार्टीका नेता डा शेखर कोइराला सर्वसम्मत हुन सक्नु भएन । पार्टीको जिल्ला कार्यालयका अनुसार क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट दुई जना, क्षेत्र नम्बर ३ बाट सर्वसम्मत एक जना, क्षेत्र नम्बर ४ बाट पाँच जना र क्षेत्र नम्बर ६ बाट चार जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ बाट नेता डा शेखर कोइराला सहित चार जना सिफारिस भएका छन् । यस क्षेत्रबाट डा कोइरालासँगै डा डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल, जयधर्म आचार्यको नाम सिफारिस भएको छ ।

मोरङ क्षेत्र नम्बर २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइराला तथा क्षेत्र नम्बर ३ बाट डा शुनिल शर्माको नाम सर्वसम्मत भएको छ ।

क्षेत्र नम्बर ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम सिफारिस भएको छ । अमृत अर्यालको नाम क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ । क्षेत्र नम्बर ५ बाट अर्याल र हसन अन्सारीको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ ।

कांग्रेसमा नाम सिफारिस गर्दा पुरानै अनुहार दोहोरिएको भन्दै नयाँ पुस्तामा असन्तुष्टि बढेको छ ।