२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छ : सहमहामन्त्री डा महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । 

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले आज यहाँ आयोजना गरेको ‘आयौँ हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गर्दै उहाँले कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको हो । 

उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको उल्लेख गर्दै सबै जनतालाई खोप सुनिश्चितता गर्न सरकार लाग्ने बताउनुभयो । साधन र स्रोतले भ्याएसम्म कांग्रेसले काम गर्ने उहाँको भनाइ थियो । उहाँले कांग्रेसले आगामी निर्वाचनमा गीत सङ्गीतमार्फत चुनाव प्रचारप्रसारमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । 

कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले वर्तमान सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउनुभयो । दुई तिहाइनजिक भोट ल्याएको सरकारले काम गर्न नसकेर कांग्रेस नेतृत्वमा सरकार बनेको चर्चा गर्दै उहाँले वर्तमान सरकारको देश र जनताप्रति महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले विमोचित गीतले कांग्रेसलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ कलाकार डिबी गुरुङको रचना, सङ्गीत तथा स्वर रहेको उक्त गीतमा अर्जुन सुनाम र टीका पुनको पनि स्वर रहेको छ । कार्यक्रममा वरिष्ठ गायक गुरुङले पार्टीले कलाकारलाई पनि उचित जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो ।