२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेल र पाकिस्तानी राजदूतबीच भेटवार्ता



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच शुक्रबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जनस्तरसम्म सदृढ रहेको भन्दै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहकार्य अझै बढाउनुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा मुख्यमन्त्री पोखरेलले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पनि मजबुत रहेको बताउनुभयो । पारस्पारिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र पाकिस्तानबीच हुँदै आएका समन्वय र सहकार्य उल्लेखनीय रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले पाकिस्तानमा हालै वाढीबाट हुन गएको धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै राजदूत शाहले पहिलो पोखरा भ्रमणबाट आफू रोमाञ्चित भएको प्रतिक्रिया दिनुभयो । पोखराको नाम धेरै सुनेको र पहिलोपटक आउँदा यहाँको सुन्दरताले लोभिएको उहाँको भनाइ थियो । उहाँले दुई देशका जनताबीचको सम्बन्ध समुधुर रहेको उल्लेख गर्नुभयो । राजदूत शाहले दुई देशबीच पर्यटन, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनलगायत मुद्दामा सहकार्य अझ बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली विद्यार्थी अध्ययनका लागि पाकिस्तान जाने गरेका उल्लेख गर्दै राजदूत शाहले छात्रवृत्ति कोटा थप्दै जाने बताउनुभयो । उहाँले कोभिड–१८ महामारी, भूकम्प जस्ता विपद्का घडीमा नेपाल र पाकिस्तानबीच मित्रवत् सहकार्य भएको स्मरण गर्नुभयो । जलवायु परिवर्तनले नेपाल र पाकिस्तान जस्ता देशमा ठूलो असर निम्ताइरहेको भन्दै त्यसको न्यूनीकरणका लागि साझा पहल र सहकार्य जरुरी रहेकामा राजदूत शाहले जोड दिनुभयो ।

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्धले छ दशक पार गरिसकेको छ । दुवै देशले वित्तीय क्षेत्र, कृषि, पशुपालन, ऊर्जा, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सूचना, प्रविधिलगायत क्षेत्रमा सहकार्य गर्दै आएका छन् । रासस