२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड अनुसन्धानकर्ता श्रेष्ठलाई

नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड अनुसन्धानकर्ता श्रेष्ठलाई
अ अ+ अ-

काठमाडौं । नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले पाएका छन् ।

अमेरिकाको नेसनल जि‌‌ओग्राफिक सोसाइटीले श्रेष्ठलाई कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि ४६ हजार डलर (करिब ५५ लाख नेपाली रूपैयाँ) बराबरको अनुसन्धान वृत्ति दिएको हो ।

कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको अनुसन्धानकर्ता श्रेष्ठले बताए ।

सेप्टेम्बर १ तारिखबाट सुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

यो अनुसन्धान वृत्तिका लागि विश्वभरका १२ सयजना अनुसन्धानकर्ताले दिएको आवेदनमध्ये दोस्रो चरणमा ५० जना छनोट भएका थिए । छनोट भएकामध्ये १० जनालाई जनही ४६ हजार डलरको अवार्ड दिइएको हो । यो अनुदान पाउने श्रेष्ठ एक्ला नेपाली हुन् ।

श्रेष्ठले यसअघि पनि दुई पटक नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका थिए । सन् २०१९ मा उनले ७३ हजार डलरको अनुसन्धान वृत्ति पाएका थिए । 

उक्त अनुदान ड्रोनको प्रयोग गरेर हिमाली चरन क्षेत्र (खर्क)को अध्ययनः अनुसन्धानका लागि दिइएको थियो । यो अनुसन्धान श्रेष्ठले अहिले पनि गरिरहेका छन् । २०२२ को सेप्टम्बरमा ३० मा अनुसन्धान सम्पन्न हुनेछ ।

सन् २०१२ मा पनि उनले यार्सागुम्बाको अध्ययनका लागि नेसनल जिओग्राफिक सोसाइटीबाट २० हजार डलरको अनुसन्धान अनुदान पाएका थिए ।

वातावरण, वनस्पति, जैविक विविधताको क्षेत्रमा अनुसन्धान गर्दै आएका श्रेष्ठ विज्ञान लेखनमासमेत सक्रिय छन् । वातावरण विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक हुन् ।