२७ भाद्र २०८३, शनिबार
,
Latest
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शंकर पोखरेलले एक हजार मत पनि ल्याउँदैनन्’



file
अ+ अ-

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादींका केन्द्रीय सदस्य मेटमणी चौधरीले एमालेका नेता शंकर पोखरेलले एक हजार मत पनि नपाउने बताएका छन् । नेता चौधरीले पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को आयोजनामा भएको भेलामा यस्तो बताएका हुन् ।

‘यदि शंकर पोखरेल देउखुरी चुनाब लड्न आए भने म चुनाबमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्छु’,उनले भने‘ यो क्षेत्रमा आए भने हामी एक हजार पनि भोट कटाउन सक्दैनन् ।’

यस्तै प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले भूमिहिनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको र १० बर्ष अघि देखि यो कार्य जारी रहेको भन्दै भूमिहिनहरुले जग्गा पाउने कुरामा ढुक्क हुन समेत आग्रह गरेका छन् । 

उनले यसअघिको आयोगमा देशैभर ज्वाई, साशुहरुलाई भर्ना गर्ने काम भएको समेत बताए । ‘देशै भर आयोगमा ज्वाई, साशुहरुलाई भर्ना गर्ने काम भयो’, उनले भने‘ जग्गा दिन्छौं भनेर धेरै ठाउँका सुकुम्वासीहरुबाट पैसा असूली गरेको भन्ने गुनासो पनि आएका छन् ।’

नेकपा (एकीकृत समाजवादी) को भविष्य उज्ज्वल रहेको समेत उनले बताए । ‘हामीसंग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’,उनले भने‘ चार नेता मध्ये उता तिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ ।’