५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ



अ+ अ-

सर्लाही । नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोट जिल्लाको साविक ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका २६ बस्ने ३२ बर्षिय हिरामान लामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति नियन्त्रणमा लिएको हो ।

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि आज ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।