१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा केन्या १७ रनले पराजित, शृंखलामा नेपालको कब्जा



केन्या विरूद्ध खेल्ने नेपाली क्रिकेट टोली-२०७९ । तस्वीरः क्यान
अ+ अ-

नेपाल र केन्या बीच शनिबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्यालाई १७ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको एक दिवसीय शृंखलामा नेपालले लगातार दुई खेल जितेर शृंखला कब्जा गरेको छ ।

नेपालले प्रस्तुत गरेको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा २१३ रन मात्र बनाउन सक्यो । केन्याका लागि राकिप पटेलले व्यक्तिगत ८१ रन बनाए पनि टिमलाई विजयी गराउन सकेनन् ।

नेपालका दिपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले ३, करन केसी, आदिल अन्सारी र पवन सर्राफले एकएक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको मध्यम स्कोर खडा गरेको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ७८, देव खनालले ३७, ज्ञानेन्द्र मल्लले २५, सोमपाल कामीले २६, बसिर अहमदले १७ रन बनाएका थिए ।

तेस्रो तथा अन्तिम एक दिवसीय सोमबार खेलिने छ ।

एक दिवसीय मान्यता प्राप्त खेल नभए पनि यसले नेपाल र केन्या दुबै टिमका लागि महत्वपूर्ण अभ्यास खेलको रुपमा परिणत भएको छ ।
यसअघि दुई देशबीच सम्पन्न पाँच खेलको टी२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३–२ ले पराजित गरेको थियो ।