६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार



अ+ अ-

काठमाडौं । इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ ।

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारी समेत गरेको छ ।

विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । यसरी लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको उनले जानकारी दिएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।