२४ भाद्र २०८३, बुधबार
,
Latest
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-केन्या दोस्रो एकदिवसीयः नेपालले बनायो २३० रन



केन्या विरूद्ध खेल्ने नेपाली क्रिकेट टोली-२०७९ । तस्वीरः क्यान
अ+ अ-

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।

केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २, २ विकेट लिए ।

हाल केन्या भ्रमणमा रहेको नेपाली टोलीले तीन एक दिवसीय क्रिकेट खेल्दैछ, तर केन्या आइसिसीको बरियतामा नपरेका कारण यस शृंखलालाई अन्तर्राष्टिय मान्यता भने दिइएको छैन ।

नेपालले शुक्रबार भएको पहिलो एक दिवसीयमा पनि केन्यालाई पराजित गरेको थियो । यसअघि दुबै देशबीच भएको पाँच खेलको टी२० क्रिकेट शृंखलामा नेपाल ३-२ ले विजयी भएको थियो ।