४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा मकवानपुर १ बाट सर्वसम्मत उम्मेदवार



कमल थापा
अ+ अ-

मकवानपुरः राप्रपा नेपाल मकवानपुरले आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।

थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।

शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

कमल थापा गत प्रतिनिधिसभाको निर्वाचनमा पनि यहीँबाट उम्मेदवार भएका थिए तर पराजित भएका थिए । अहिले पनि उनी निकै कमजोर उम्मेदवारका रुपमा चुनावमा छन् । राप्रपा विभाजन गरेर राप्रपा नेपाल बनाएका थापा स्वयंले भने उठ्ने वा नउठ्ने केही बताएका छैनन् ।