८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

काष्ठपाटी कुँद्ने शिक्षक !

काष्ठपाटी कुँद्ने शिक्षक !
शिक्षक पुष्पराज जोशी र उहाँको कला ।
अ+ अ-

बझाङ : अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको खुट्किलो पार गर्थे । त्यसैमध्येका एक हुनुहुन्छ लक्ष्मी आधारभूत विद्यालय छविसपाथिभेरामा कार्यरत पुष्पराज जोशी ।

मुलुकमा परिवर्तनसँगै शिक्षा क्षेत्रले फड्को मारेको छ । खरिपाटी, काष्ठपाटी, कालोपाटी अहिलेको पुस्तालाई धेरै पुराना भइसकेका छन् । डिजिटलको युगमा काष्ठपाटी सम्झिने कुरामात्रै भयो । त्यससँगै खरीपाटी पनि पुरानै । तर यो समयमा पनि विद्यालयमा नियमित काठ कुँदेरै अध्यापन गराइरहनुभएको छ पदमराज ।

मुलुकभरका अधिकांश विद्यालय पनि प्रविधिमैत्री हुँदैछन् । धेरैजसो विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पढाइ हुन्छ । केही विद्यालयमा यसरी पढाइ हुन थालेको दशकभन्दा बढी भइसक्यो । तर पदमराज भने काठ कुँदेर सीप सिकाउँदै विद्यार्थीलाई ‘सिपालु’ बनाइरहनुभएको छ । उहाँको कलाशैलीले नै कतिपय विद्यार्थी निकै सिपालु भइसकेका छन् ।

बाल्यकालदेखि नै काठमा चित्र कोर्नेदेखि लेख्ने अभ्यास गरेका जोशीले अहिलेसम्म हजारभन्दा बढी काठ खोप्दै अक्षर लेखिसक्नुभएको छ । बाजुराको ढम्कनेस्थित सरस्वती माविमा काम गर्दा उहाँलाई ‘सिपालु शिक्षक’ भन्दै विभिन्न संस्थाले देशभरि नै घुमाए । उहाँले आफ्नो सीप जुन–जुन ठाउँ जानुभयो, त्यो ठाउँमा सिकाउँदै पनि आउनुभयो ।

२०५१ देखि सुरू गरिएको काष्ठपत्र

जोशीले शिक्षक पेशा सम्हालेको केही समयमै बाजुरामा काष्ठपाटी कुँद्न सुरू गर्नुभयो । विसं २०५१ मा विद्यार्थीलाई पढाउन सुरू गरेको काष्ठपाटी विस्तारै बाजुरामा लोकप्रिय हुँदै गयो । जोशीले २०४८ मा १२ कक्षा पास गरी ढम्कनेबाट सरूवा हुनुभयो । दहकोटमा प्रधानाध्यापक भएर गइसकेपछि उहाँलाई काष्ठ कुँद्न सहज भयो । उहाँले काठ कुँद्दा वरिपरि हेर्नेको घुइँचो नै लाग्थ्यो । कतिपय ठाउँमा अरू अभिभावकले पनि त्यो अभ्यास गरे । जोशीले भने निःशुल्क काठ पाएपछि तीन दशकसम्म काष्ठपाटी कुँदिरहनुभयो ।

सामान्य परिवारमा जन्मनुभएका पुष्पराज न्यायाधीश केशवराज जोशीको सहयोगीका रूपमा बाजुरा पुग्नुभएको थियो । बाजुरामा एसएलसी पास गरेको हुँदा न्यायाधीशसहित जिल्लाका जिम्मेवार व्यक्तिले उहाँलाई जागिर लगाए । मेहेनती पुष्पराजलाई बाजुराको माटोले धेरै ठाउँमा अघि बढ्ने मौका दियो ।

बाजुरामा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको टोली अनुगमनमा आएपछि पुष्पराजले कुँदेका काष्ठपाटीहरू सार्वजनिक भएका हुन् । विद्यालयको भित्तामा लहरै टाँसेका पाटीले सबैको ध्यान खिच्दै गए ।

कला देखेर युनिसेफका दमन रूपाखेती र राधिका तुम्बाहाम्फेले धेरै ठाउँमा घुम्ने अवसर जुराए । शिक्षक पुष्पराजले मुलुकका ३०–४० जिल्लामै घुमेर आफ्नो सीप साट्ने अवसर पाउनुभयो । उहाँलाई झापामा भ्रमणमा गएको बेला रूपाखेतीले नै सरसामग्री जुटाएर छिटो तस्वीर कोर्न सिकाउनुभएको थियो । त्यसपछि जोशीको काष्ठपाटी कुँदाइको गति बढ्दै गयो । जोशी रूपाखेतीलाई गुरू मान्नुहुन्छ ।

बाजुरामा बस्दा जोशीलाई काठ खोप्न कहिल्यै समस्या भएन । तर पेन्टिङ गर्नलाई बाहिरबाट ल्याउनुपर्ने हुँदा अलि समस्या हुन्थ्यो । अहिले पनि पुष्पराज काष्ठमै लेखेर विद्यार्थीलाई पढाउने, कुँद्न सिकाउने गर्नुहुन्छ । उहाँको त्यो उद्देश्य भनेको विद्यार्थीलाई पनि ‘सिपालु’ बनाउनु हो । “मलाई कुनै निकायबाट केही चाहिएको छैन । तर विद्यार्थीलाई स्वतन्त्ररूपमा हरेक विषयमा आफूले सिकेको सीप सिकाउन पाए त्यसैमा खुसी हुन्थेँ”, उहाँ भन्नुहुन्छ ।

विसं २०७४ मा पुष्पराज बझाङ सरूवा हुनुभयो । बझाङमा आफ्नो घरछेउकै विद्यालय काष्ठपाटीमैत्री बनाउने सोचमा हुनुहुन्थ्यो । तर स्थानीय सरकारले नै चासो नदिएपछि उहाँ निरास हुनुभयो । अहिले लक्ष्मी आधारभूत विद्यालयमा हेर्दा उहाँले कुँदेका दर्जनौँ काष्ठपाटी रङरोगन गर्नै नपाएर थन्किएका छन् । “आफ्नै ठाउँका बालबालिकालाई पढाउन सुरूमा धेरै पाटीमा खोपियो”, उहाँ भन्नुहुन्छ, “अहिले रङकै अभावले कुहिन लागेका छन् ।” जीवनको उत्तराद्र्धमा प्रवेश गर्नुभएका जोशी नमूना विद्यालय बनाउन चाहनुहुन्छ । तर कुनै निकायबाट पनि सहयोग पाउनुभएको छैन ।

लक्ष्मी आधारभूत विद्यालयमा एक सय पाँच विद्यार्थीका लागि पाँच शिक्षक छन् । दुई स्थायी दरबन्दी, दुई राहत र एक इसिजी । पुष्पराजको दैनिक समय विद्यार्थी तथा शिक्षकलाई आफ्नो कला सिकाउने हो । कुँदेका काष्ठपार्टीमार्फत विद्यार्थीलाई पढाउने गर्नुहुन्छ ।

बाजुरामा उहाँको कलाले स्वर्ण पदकसम्म पाएको थियो । बझाङमा खासै गतिलो प्रतिक्रिया नपाएको उहाँ बताउनुहुन्छ । उहाँको घरमा उहाँजस्तै सिपालु सन्तति पनि छन् । उहाँको जेठो छोरा पारसले २०६० सालमा चित्रकलाबाटै रु सात लाख पुरस्कार जित्नुभएको थियो । परिवारका अन्य सदस्यले पनि काष्ठपाटीप्रति निकै चासो दिने गरेका जोशी बताउनुहुन्छ ।  रासस