२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबज छाड्दै नेपाल, वैज्ञानिक समाजवाद अबको लक्ष्य (पूर्ण पाठसहित)



अ+ अ-

काठमाडौ ।  प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो अन्तरिम विधान तयार पारेको छ । चन्द्रागिरी रिसोर्ट दुई दिने आबासीय भेलाका लागि जम्मा भएका सांसद र केन्द्रीय सदस्यहरु लाई पार्टीको  अन्तरिम विधान  उपलब्ध गराईएको एक नेताले जानकारी दिए ।

सोमबार राती अबेर सम्म र आज दिनभर जस्तो नै पार्टीको अबको बाटो र नेतृत्वले तयार पारेको अन्तरिम विधान छलफल हुने ती नेताले जानकारी दिए । ६ पेज लामो  घोषणा पत्र र   ४३ पेज लामो अन्तरिम विधानमा  पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद  रहने जनाईएको छ ।

यसै गरी यो पार्टी समाजमा रहेका सबैखाले शोषण उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ भनिएको छ ।  घोषणा पत्रमा नेपाल कम्युनिस्ट पार्टिले स्थापना कालमा राखेका उद्देश्य नै एकीकृत समाजवादी पार्टीको लक्ष्य राखिएको छ । 

नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र